राष्ट्रिय परिचयपत्रको नाममा जनतालाई सास्ती

काठमाडौं । ७७ वटै जिल्लामा सरकारले अनिवार्य गरेको राष्ट्रिय परिचयपत्र बनाउन नागरिकलाई फलामको चिउरा चपाउनुसरह भएको छ ।

 

 

काठमाडौं जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय सभागृहदेखि नारायणहिटी राजदरबारस्थित कार्यालयमा सेवाग्राहीहरू रातदिन लाइन लाग्न बाध्य छन् । उनीहरूको प्रश्न छ– लाइन लाग्ने बाध्यताबाट नेपालीले कहिले मुक्ति पाउने होला ?

 

 

 

परिचयपत्र बनाउन बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्मको समय सीमा तोकिए पनि टोकन दिने काम बिहान ६ बजे नै शुरु हुँदा सेवाग्राही बिहानैदेखि लाइन लाग्ने गर्छन् ।

 

 

 

तर, घण्टौ लाइन बस्दा पनि न्यायसंगत हिसावले काम हुने नगरेको सेवाग्राहीको गुनासो छ । उनीहरूको दृष्टिमा सरकारी कर्मचारी सेवाग्राहीसँग राम्रो व्यवहार गर्दैनन् ।

 

 

 

तर, सरकारी अधिकारीहरू सेवाग्राहीको आरोपप्रति सहमत छैनन् । कामको दबाव धेरै भएकाले लाइन बसाउनु बाध्यता भएको बताउँदै काम अल्झाउने नियत आफूहरूको नहुने स्पष्ट पार्छन् ।

 

 

 

राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि कार्यालयमा विदेश जाने तयारीमा रहेका युवाहरूको बाक्लो उपस्थिति देखिन्छ । आफ्नै भूमिमा अन्याय भोग्दै आएको उनको अनुभूति छ ।

 

 

 

राहदानी, प्रहरी रिपोर्ट, जनगणना, प्यान कार्ड, मतदाता परिचयपत्रलगायतका सरकारी निकायमा आफ्नो सम्पूर्ण विवरण राखेका नेपालीले यसपछि पनि जताततै नागरिकता घुमाउनुपर्ने बाध्यता छ ।

 

 

 

प्रक्रियाका नाममा दुःख दिने यो क्रम अहिले फेरि राष्ट्रिय परिचयपत्रका नाममा शुरु भएको छ । आफ्नै मातहत समन्वय नमिलाउने सरकारी निकाय तर त्यसको मारमा जनताले पर्नुपर्ने यो अध्यायको अन्त्य कहिले होला रु