न्यायाधीश र वकिलको गोप्य अडियो प्रकरण: न्यायाधीश कोइरालालाई कार्यसम्पादनमा रोक लगाइयो

काठमाडौं । बुधबार बसेको न्यायपरिषद्‍को बैलगाएकले अधिवक्ता रुद्रप्रसाद पोखरेलसँग मिलेर इच्छाराज तामाङलाई रिहा गर्न ‘डिल’ गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई कार्यसम्पदानमा रोक लगाएको छ ।

 

 

कार्यसम्पादनमा रोक लगाइएका कोइरालाले अब छानबिन प्रक्रिया पूरा नहुँदासम्म कार्यसम्पादन भाग लिन पाउने छैनन् ।

 

 

बैठकले अडियो प्रकरण छानबिनका लागि परिषद्‍का सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

 

 

 दुईबीचमा भएको गोप्य अडियो ‘डिल’ सार्वजनिक गरेपछि तथ्य बाहिरिएको थियो ।

 

 

 गोप्य अडियो सार्वजनिक गरेपछि न्यायाधीश कोइरालाले आफ्नो बचाउ गर्दै आफूले अनुचित कार्य नगरेको पनि सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।

 

 

 

न्यायाधीश कोइरालाले फेसबुकमा लेखेका छन्, ‘मबारे आज आएको समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ ।

 

 

 

मबाट कुनै अनुचित कार्य भएको छैन । विभिन्न प्रभाव र दबाबका बाबजुद निष्पक्ष भूमिका निर्वाह गरेको छु । ममाथि न्याय परिषद्‍बाट छानबिन होस् तथा सहयोग गर्ने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु ।