जंगलबाट कार लुटेर फरार भएका तीन भारतीय नागरिक पक्राउ

काठमाडौं। कैलालीको गोदावरी जंगलमा चालकलाई बाँधेर लुटपाट गरी फरार भएका तीनजना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

 

उनीहरूलाई कैलालीको गोदावरी– १ स्थित जंगलबाट नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक वेदप्रकश जोशीले जानकारी दिए।

 

 

उनका अनुसार पक्राउ पर्नेमा भारतको हरियाण प्रदेश सोनीपथ बस्ने २१ वर्षीय भगत सिंह, १८ वर्षीय हिल बिदलिसे र २० वर्षीय सन्नी जौट रहेका छन् ।

 

 

 

उनीहरूले लुटेको कारलाई प्रहरीले गोदावरी– १ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने भित्री सडक खण्डमा फेला परेको थियो।

 

 

 

लिफ्ट मागेर सँगै आएको तीनजनाको समूहले कैलालीको गोदावरीको जंगलबार डडेल्धुराका अतिताल गाँउपालिकाका कर्मचारी कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीको कार लुटेका थिए ।

 

 

 

लुटेराले भण्डारीलाई चक्कु प्रहार गरी टाउकोमा ढुङ्गाले कुटपिटसमेत गरेका थिए । उनलाई लुटेराले बाँधेर लुटेराहरू फरार भएका थिए ।

 

 

उनीहरूले प्रदेश ०१–२३–च ६०२१ नम्बरको कार लुटेका थिए।कञ्चनपुरको दैजी घर भएका कम्प्युटर अपरेटर भण्डारी आइतबार महेन्द्रनगरबाट डडेल्धुरा जान हिँडेका थिए ।

 

 

 

तर, गन्तव्यमा नपुग्दै उनीमाथि लुटपाट र कुटपिट भएको थियो । घाइते भण्डारीको अहिले अत्तरियाको पदमा अस्पतालमा उपचार भइरहेको छ ।