कञ्चनपुरमा चट्याङ लागेर २ जनाको मृत्यु,एक जना घाइते

सांकेतिक तस्वीर

काठमाडौं। कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।

 

 

वर्षासँगै चट्याङ पर्दा पुनर्वास नगरपालिका–६ टाउन बजारका ४० वर्षीय देवेन्द्र श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जानाएकाे छ।

 

 

 

‘चट्याङ पर्दा खेतमा मेड हालिरहेका श्रेष्ठको घटनास्थलमै मृत्यु भएकाे छ भने अहिले शवपरीक्षणका लागि सेती प्रादेशिक अस्पताल लगिरहेकाे प्रहरीले जनाएकाे छ। 

 

 

 

त्यसैगरी चट्याङ परेर पुनर्वास नगरपालिका–८ ‘क’ गाउँका २५ वर्षीया शारदा थापाको पनि घटनास्थलमै मृत्यु भएको छ ।

 

 

 

प्रहरीका अनुसार थापाको खेतमा धान रोप्दै गर्दा खेतमा मेड हाल्ने क्रममा चट्याङ लागेर मृत्यु भएको हो ।

 

 

 मृतक थापासँगै रहेका अर्का एक व्यक्तिसमेत सामान्य घाइते भएकाे प्रहरी जनाएकाे छ।