थुनुवा छुटाइदिने भन्दै घुस रकम माग्ने बस्नेत पक्राउ

काठमाडौं। थुनुवा छुटाइदिने भन्दै घुस रकम लिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

 

 

जिल्ला प्रहरी कार्यालय, दाङमा रहेका थुनुवा छुटाइदिने भन्दै उनीहरूका अभिभावकसँग घुस रकम लिएका थएि।

 

 

घुस लिनेमा तुलसीपुर उपमहानगरपालिका ८ का २० वर्षीय प्रतिक बस्नेत रहेको प्रहरीले जनाएको छ।

 

 

जिल्ला प्रहरी कार्यालय, दाङमा रहेका थुनुवाहरू छुटाइदिने भन्दै ५० हजार घुस लिने बस्नेतलाई प्रहरीले प्युठानको बिजुवारबाट पक्राउ गरेको हो।

 

 

सार्वजनिक अपराधमा २३ दिनसम्म थुनामा रहेका बस्नेतले थुनुवामा रहँदा चिनजान भएका साथीहरूसँग उनका अभिभावकहरूको नम्बर लिएको खुल्न आएको छ।

 

 

 

उनिहरुका घर परिवारलाइ फोन गरेर ‘म जिप्रका मुद्धा फाँटबाट हो, नगद रकम दिएपछि छुटाइदिने’ भन्दै ५० हजार लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी राजन गौतमले बताए।

 

 

 

 

अभिभावकलाई बोलाएर जिप्रका नजिकैको होटलमा बसेर रकम लिएर फरार भएका बस्नेतलाई शनिवार पक्राउ गरेको प्रवक्ता गौतमले बताए।

 

 

पक्राउ परेका बस्नेतलाई आज म्याद थप गरी अनुसन्धान अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।