फेसबुक मेसेन्जरको कल रेकर्ड कसरी गर्ने, यस्ता छन् रेकर्ड गर्ने तरिकाहरू

काठमाडौं । तपाईं हाम्रो दैनिकी बनेको छ, फेसबुक मेसेन्जर । सञ्चार प्रणालीमा आएका परिष्कृत सुविधासँगै मेसेन्जरजस्ता एपबाट हामी सजिलै सन्देश आदानप्रदान गर्न सकिन्छ ।

 

 

 

यो एपमा मुख्यतः टेक्स्ट च्याट र अडियोरभिडिओ कलका सुविधा छन् । तर मेसेन्जरमा गरिने कललाई यादगार बनाउन कसरी कुराकानी रेकर्ड गर्ने भन्ने कुरा धेरैलाई थाहा नहुनसक्छ ।

 

 

आज हामी फेसबुक मेसेन्जरमार्लत गरिने कल कसरी रेकर्ड गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौँ ।

 

 

जसरी फेसबुक प्रयोग गर्न हामी विभिन्न डिभाइसको प्रयोग गर्छौं, त्यसरी नै विभिन्न माध्यममा कल रेकर्ड गर्न फरक(फरक विकल्प छन् ।

 

 

स्मार्टफोनमा मेसेन्जर कल कसरी रेकर्ड गर्ने  ?

 

स्मार्टफोनको ब्रान्ड अनुसार फोनमा भिन्नाभिन्नै तरिकाले मेसेन्जरको कल रेकर्ड गर्न सकिन्छ । अहिले प्रायः स्मार्टफोनमा कल रेकर्ड गर्न ‘स्क्रिन रेकर्डर’(screen recoder)  को विकल्प छ ।

 

 

 

फोनमा भएको स्क्रिन रेकर्डरको सुविधाले मेसेन्जरजस्ता एपबाट गरिने कल रेकर्ड गर्छ भन्ने हुँदैन । कल रेकर्ड भएपनि त्यसमा आवाज नआउने हुनसक्छ ।

 

 

तल उल्लेखित प्रक्रियाबाट स्मार्टफोनको स्क्रिन रेकर्डर अप्सन प्रयोग गरी मेसेन्जरको कल रेकर्ड गर्न सकिन्छ ।

 

 

-सबैभन्दा पहिले नोटिफोकेसन बारमा गएर स्क्रिन रेकर्डरको विकल्पमा ट्याप गर्नुहोस् ।

 

-त्यसपछि स्क्रिनमा एउटा सानो पपअप बार देखिन्छ । त्यसमा रहेको सेटिङको अप्सनमा ट्याप गर्नुहोस् ।

 

-त्यसपछि साउन्ड रेकर्डरको सेटिङभित्र रहेको ‘साउन्ड सोर्स’(sound source) मा माइक अप्सन छान्नुहोस् ।

 

-त्यसपछि होमस्क्रिनमा गएर मेसेन्जरमा जानुहोस् ।

 


मेसेन्जरमा आफूले कल गर्नुपर्ने व्यक्तिलाई कल गरेर उसलाई रेकर्ड गर्न लागेको जानकारी दिनु राम्रो मानिन्छ ।

 

 

 

-त्यसपछि स्क्रिनको पपअप बारमा रहेको रातो गोलो रेकर्डको अप्सनमा ट्याप गरेर कल रेकर्ड गर्न सक्नुहुन्छ ।

 

 

-यदि त्यसले काम गरेको छैन भने मेसेन्जर कल रेकर्ड गर्नका लागि उपयोगी र सुरक्षित थर्ड पार्टी एपको सहायता पनि लिन सक्नुहुन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।

 

 

-सबैभन्दा पहिले यहाँ क्लिक गरेर स्क्रिन रेकर्डर एप डाउनलोड गर्नुहोस् ।

 

-एप इन्स्टल गरिसकेपछि सो एपलाई सेटअप गर्नुपर्ने हुन्छ ।

 

-एपको अडियो सेटिङमा गएर इन्टर्नल एण्ड माइक्रोफोनको अप्सन छान्नुहोस् ।

-त्यसपछि मेसेन्जरमा गएर आफूले कल रेकर्ड गर्न चाहेको व्यक्तिको कल स्क्रिन रेकर्डरमार्फत रेकर्ड गर्न सक्नुहुन्छ ।