झापाको बिर्तामोड नगरपालिकाले गर्याे तीन विधेयक पास

काठमाडौं। झापाको बिर्तामोड नगरपालिकाले तीन विधेयक पास गरेको छ । नगरको विशेष नगरसभामार्फत आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०७९, शिक्षासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७९ र नगरको यातायात तथा बसपार्क व्यवस्थापन गर्न बनेको विधेयक २०७९ सर्वसम्मत पास भएको हो ।

 

 

 

 

नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०७९ सभामा प्रस्तुत गर्नुभएको थियो भने विधेयक समिति संयोजक शर्मिला राजवंशीले शिक्षासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७९ र यातायात व्यवस्थापन विधेयक २०७९ सभामा प्रस्तुत गरेका थिए।

 

 

 

 

विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईंले कानुन आवश्यक भएका कारण विशेषसभाबाट पास गरिएको बताए।

 

 

 

आजैदेखि लागू हुने गरी विधेयक पास भएको छ”, उनले भने, “संविधानले स्थानीय सरकारलाई दिएको अधिकारलाई प्रयोग गर्दै काम गर्नुपर्छ, सोहीअनुरुप विधेयक बनाएर पास गरेका हौँ ।