कुन-कुन पार्टी राष्ट्रिय पार्टी बन्लान? यस्तो छ मापदण्ड

काठमाडौं । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मत खसेको छ । यो खसेको मत अनुसार हाल निर्वाचन आयोगको अनुमान अनाुसार कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता मध्ये ६१ प्रतिशत मतदानमा सहभागी भएको देखिन्छ।

जुन १ करोड ९ लाख ७० हजार बढी मतदान भएको छ । निर्वाचन आयोगको प्रारम्भिक अनुमान अनुसार समानुपातिक प्रणालीमा दलहरूले सिट पाउनका लागि ३ लाख २० हजार बढी मत ल्याउनुपर्ने देखिएको छ।

विगतको निर्वाचनमा प्रतिनिधिसभामा र प्रदेशसभा दुवैको समानुपातिक मतपत्र एउटै भएका कारण धेरै मत बदर भएको थियो। प्रत्यक्षतर्फ तीन प्रतिशत बढी मत बदर भएको थियो। यो निर्वाचनमा पनि तीन प्रतिशतकै हाराहारीमा मत बदर हुनसक्ने आशङ्का निर्वाचन आयोगका अधिकारीहरूले गरेका छन्।

आयोगले अनुमान गरेजस्तै तीन लाख हाराहारी मत बदर भएको अवस्थामा एक करोड ६ लाख मतको तीन प्रतिशत मत ल्याउने दलले समानुपातिक प्रणालीबाट संसद्मा आफ्ना उम्मेदवार निर्वाचित गराउन सक्छ। बदर भएको मत घटाएर कुल सदर मतको तीन प्रतिशत मत तीन लाख २० हजार आसपास हुन आउँछ।

प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६० को उपदफा १२ मा समानुपातिकमा तीन प्रतिशत भन्दा कम मत ल्याउने दलहरूको मत “दलले प्राप्त गरेको कुल मतमा गणना गरिने छैन” भन्ने व्यवस्था उल्लेख छ।

यसमा हेर्दा हालसम्म नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल, जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय पार्टी बन्ने लगभग पक्का भएको छ भने गठबन्धनमा रहेको नेकपा एकिकृत समाजवादी लगायत नागरिक उन्मूक्ति पार्टीले हालसम्म पनि समानुपातिक तर्फ तीन लाख कटाउन सकेको छैन।