बाजुराकाे प्रदेश(क)मा एकिकृत समाजबादीका उम्मेदवार नरेश शाही भारी मतान्तरले बिजयी

काठमाडौं। बाजुरामा सत्तागठबन्धबाट प्रदेश (क) मा नेकपा एकिकृत समाजवादीका उम्मेदवार नरेश शाही बिजयी भएका छन।

गठबन्धन बाट प्रदेश क को उम्मेदवार रहेका शाहीले १० हजार ९ सय ७३ मत ल्याएर बिजयी भएका हुन।

उनका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार बल्देव रेग्मीले ८ हजार ६ सय ३२ मत प्राप्त गरी पराजित भएका छन।

त्यस्तै अर्का प्रतिस्प्रधामा रहेका नेकपा माओबादी केन्द्रका उम्मेदवार कर्ण बहादुर विकले १ हजार ९८ मत प्राप्त गरेका छन।

राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका शाहीलाई काँग्रेसले अन्तिम समयमा सर्मथन गरेको थियो ।