दोलखामा गठबन्धनका गङ्गा कार्कीको अग्रता कायमै, कसको मत कति ?

काठमाडौं। दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले अग्रता कायमै रहेको छ।

हालसम्म ५६ हजार तीन सय २१ मत गणना गर्दा कार्कीले २५ हजार दुई सय मत प्राप्त गरेका छन्।

उनका प्रतिस्पर्धी नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले हालसम्म २३ हजार चार सय ७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

दोलखाको प्रदेश १ मा कांग्रेसका कुन्दनराज काफ्ले र प्रदेशसभा २ मा नेकपा (एमाले) का भरतबहादुर केसी निर्वाचित भइसकेका छन्।

जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए। कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए।

भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । कूल मत ८५ हजार तीन सय ८८ खसेको थियो ।