बालाजुमा ९० वर्षीया वृद्धाको हत्या

सांकेतिक तस्वीर

काठमाडौं। काठमाडौँको बालाजुमा एक वृद्धाको हत्या भएको छ । तार्केश्वर नगरपालिका–६ बस्ने डिल्ली पतुवार वडा नम्बर–३ मा पर्ने जंगलमा मंसिर २२ गते बालाजुस्थित एक टहरोमा बस्दै आएकी ९० वर्षीया वृद्धा शव फेला परेको हो।

प्रहरीले उनको टाउकोमा गम्भीर चोट देखिएको जनाएको छ। पोस्टमार्टम रिपोर्टमा उनको टाउकोमा हिर्काएकोजस्तो देखिएको प्रहरीको भनाइ छ।

उनका श्रीमान‍्को मृत्यु भइसकेको छ। मृतकका चार छोरी र एक छोरा भए पनि उनी एक्लै आफ्नै जमिनमा भएको टहरोमा बस्दै आएकी थिइन्।

सधैँ नजिकै रहेको छोरीको घरमा खाना खान जाने गरेकी वृद्धा २० गते भने खाना खान नगएको र बालाजु प्रहरीमा खोजीका लागि उजुरी दर्ता गरिएकोमा २२ गते मृत फेला गरेकी छन्।

उनको नाममा करोड बढी पर्ने जमिन रहेकाले सोही कारणले हत्या गरिएको हुनसक्ने र घटनामा नजिककै आफन्तको संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ । – न्युज कारखाना