सुदूरपश्चिममा कांग्रेसका मानबहादुर रावलले दिए सभामुखमा उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले सभामुखमा उम्मेदवारी दिएका छन् ।

उनको प्रस्तावकमा पृथ्वीबहादुर सिंह र समर्थकमा मेघराज खड्का छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच माओवादीले सुदूरपश्चिमको सभामुख लिने सहमति भएको छ ।

सभामुख चयनका लागि सुदूरपश्चिममा भोलि बिहीबार मतदान हुने छ ।