आगलागीबाट जुम्लामा तीन तले घर जलेर नष्ट

काठमाडौं। जुम्लाको गुठिचौर ३ गर्जाङ्कोटमा अवस्थित एक घरमा आगलागी भएको छ । स्थानीयवासी गोपाल गिरीको घरमा आगलागी भएको हो।

बुधबार बेलुका ५ बजे तिर आगलागी भएको झारज्वला प्रहरी चौकीका सई जगत बहादुर ऐरले बताए । उनका अनुसार ३ तलाको घर पुरै जलेर नष्ट भएको छ। आगलागीबाट मानवीय क्षति भने भएको छैन।

आगलागीबाट करिब १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । अहिले स्थानीय र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ।