क्रान्तिकारी माओवादीको भरतपुर महानगर स्तरीय राजनैतिक तथा वैचारिक अन्तरक्रि कार्यक्रम सम्पन्न

प्रेम प्रसाद कडेल-
चितवन। नेकपा (क्रान्तिकारी माओवादी)को भरतपुर महानगर स्तरीय राजनैतिक एवं वैचारिक अन्तरक्रियामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सञ्चालन भरतपुर महानगर सेक्रेटरी रमेश पौडेल कमरेड नविनले गरेका थिए।
 
नेकपा (क्रान्तिकारी माओवादी)का भरतपुर महानगर इन्चार्ज सुरेश गौतमको सभाध्यक्षमा पार्टीका स्थायी समिति सदस्य चन्द्रहरी सुबेदी कमरेड अटलले वर्तमान सत्ता संकट र क्रान्तिकारी माओवादीको कार्यभारका सन्दर्भमा राजनैतिक वैचारिक अन्तरक्रियामूलक प्रशिक्षण दिनुभएको थियो।
 
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सल्लाहकार एवं किसान नेता कमरेड भूमिश्वर कडेलले नेपाली किसानहरू सडकमा तरकारी फाल्ने अवस्थामा पुगेकोले यो गणतन्त्र विहारी गणतन्त्र भएको बताए।
 
कार्यक्रममा विशेष अतिथि मकवानपुर जिल्ला ईन्चार्ज कमरेड अशोक शर्मा, केन्द्रीय सल्लाहकार दिवाकर न्यौपाने लगायतका महानगरीय नेता तथा कार्यकर्ताको गरिमामय उपस्थिति थियो।
 
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला सेक्रेटरी एवम् देजमो जिल्ला अध्यक्ष बाबुराम प्यासी समेत अतिथि रहेका थिए।
 
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)ले क्रान्तिकारी कम्युनिष्ट पार्टीबिच एकता एवम् धुर्वीकरण, मालेमावादी दर्शनका सन्दर्भमा राजनैतिक वैचारिक प्रशिक्षण भएको क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरीले जानकारी दिए।