किसानलाई राज्यले अनुदान दिएर प्रोसान गर्नुपर्छ: बाबुराम भट्टराई

फाइल तस्वीर

काठमाडौं।किसानलाई राज्यले अनुदान दिनुपर्ने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बताएका छन्।

बुधबार माइतीघर मण्डलामा उखु किसानहरुले गरेको आन्दोलनलाई ऐक्यबद्धता जनाउन पुगेका उनले उखु लगायतका किसानहरुले सरकारबाट पाउनुपर्ने अनुदान नपाउँदा बाहिरबाट आयातित कृषिजन्य वस्तुमा प्रतिष्पर्धा गर्न नसकेको बताएका हुन्।

पूर्वप्रधानमन्त्री भट्टराईले कृषि अर्थतन्त्र धराशायी बनेको बताए। आफ्नै देशमा उत्पादन हुने वस्तु उपभोग गर्न नपाएर बाहिरका वस्तु उपभोग गर्नुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी रहेको उनले उल्लेख गरे।

पूर्वप्रधानमन्त्री भट्टराईले किसानलाई रासायनिक मल उपलब्ध गराउने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताए। लोकतन्त्रमा सडक गतिशील हुनुपर्ने उनले बताए।