गृहमन्त्री श्रेष्ठ भने अनुसन्धान प्रतिवेदन कसरी बाहिरियो आइजीपी साब?

फाइल तस्वीर

काठमाडाैं। प्रहरी महानिरिक्षक वसन्त कुँवर नक्कली शरणार्थी प्रकरणमा तानिएपछि उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेटेका छन्। आइजीपी कुँवरसँग गृहमन्त्री श्रेष्ठले अनुसन्धान प्रतिवेदनका तथ्यहरु कसरी बाहिरिए भन्दै चासो राखेको बताइएको छ।

आइजीपीसँग उनले तपाईको संलग्नताको अपुष्ट समाचारहरु बाहिर आएका छन्। यो विषय के हो भन्दै चासो राखेको स्रोतले जनाएको छ। जवाफमा कुँवरले आफूलाई षडयन्त्रपूर्वक फसाइएको दाबी गरेका छन्।

कुँवरले आफू आइजीपी बनेपछि नै अभियुक्तहरु पक्राउ परेको दाबी गरे। तर उनको सक्रियता बालकृष्ण खाँण लगायतलाई बचाउन दौडधुप गरेको आरोप लागेको छ।

गृहमन्त्रीले चासो राखेपछि कुँवरले उपत्यका प्रहरी कार्यालयका प्रमुख श्याम ज्ञवाली, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख मनोज केसीसहितका अधिकारीहरुसँग छलफल गरेका छन्।

उनीहरुसँग पनि अनुसन्धानका कागजातहरु बाहिरिएको विषयमा असन्तुष्टि जनाएको बताइएको छ। यद्यपी ज्ञवाली र केसीले हिम्मतका साथ काम गरेको भन्दै सार्वजनिक रुपमै प्रशंसा भइरहेको छ।