साहित्यकार विजय हितानको लाहुरेको रेलिमाई आख्यानको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

चितवन ।आज साहित्यकार विजय हितानको लाहुरेको रेलिमाई आख्यानको अन्तर्क्रिया नारायणी रिसोर्टको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रमको आयोजक सम्पूर्ण किताब नारायण रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य समालोचक उदय अधिकारीले राख्दै युद्ध साहित्यको उदाहरण रहेको बताए।

कार्यक्रमको सञ्चालन सम्पूर्ण किताब नारायणगढका गजलकार लेखराम सापकोटाले गरेका थिए। कार्यक्रममा बोल्दै लेखक विजय हितानले पाठकसामु यो कृति पस्केको बताउँदै सैनिक सेवामा भर्ति भई आफूले कहिल्यै नबिर्सने क्षण यस कृतिमा यथार्थ असी प्रतिशत र काल्पनिकता बिस प्रतिशत मिश्रित भएको बताए।

उक्त कार्यक्रममा अतिथि साहित्यकार रमेश प्रभात र भरतपुर महानगरका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र कुमार रानाले नेपाली साहित्यमा युद्ध साहित्य अझैसम्म दरिलो रुपमा प्रस्तुत नभएको बताए। साथै विजय हितानको लाहुरेको रेलिमाई आख्यानको सफलताको शुभकामना व्यक्त गरे।
अन्त्यमा कार्यक्रमका अध्यक्ष साहित्यकार गोविन्दराज विनोदीले उपस्थित सबै सबैमा आभार व्यक्त गर्दै लेखक विजय हितानको लाहुरेको रेलिमाई आख्यानको सफलताको शुभकामना व्यक्त गरे।