ललितपुर जुत्ता चप्पल व्यापार मेला आजदेखि शुरु

काठमाडौं। प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला २०८० शुरु भएको छ। बुधबार एक कार्यक्रमको आयोजना गरेर नेपाल जुत्ता चप्पल उत्पादक संघले मेलाको उद्घघाटन गरेको हो।

मेलाको उद्घघाटन ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनले गरेका हुन्। नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान भन्ने नारासहित शुरु भएको यस मेलामा ९ वटा नेपाली ब्रान्डका जुत्ता चप्पल उपलब्ध रहेका छन्।

नेपाली जुत्ता चप्पल उत्पादक संघका अध्यक्ष नानीराज घिमिरेले ग्रे मार्केटका कारण नेपाली जुत्ता उत्पादकहरु मार्कामा रहेको गुनासो गरे।

कार्यक्रममा बोल्दै उनले भने,कोरोना महामारीका कारण हामी धेरै नै प्रभावित भनेका छौं। करोडौंका जुत्ता कहाँबाट बजारमा आएको छ भनेर कुनै तथ्यांक नै छैन । ग्रे मार्केटका कारण हामी मार्कामा छौं।

उनका अनुसार ५५ हजार जनालाइ नेपाली जुत्ता उत्पादकले रोजगारी दिइरहेको छ। सरकारले थप प्रोत्साहन र हौसला दिने हो भने नेपाली उत्पादकले ७५ हजार जनालाइ रोजगारी दिन सक्नेछन्।