अखिल(क्रान्तिकारी)को ३ नं.प्रदेश भेला तथा प्रशिक्षण सम्पन्न

काठमाडौं। अखिल(क्रान्तिकारी)को  ३ नं.प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रम आज काठमाडौंंकाे बागबजारमा सम्पन्न भएको छ। उक्त भेलाले अखिल(क्रान्तिकारी) ३ नं.प्रदेश समितिमा संयाेजकसहित ५५ सदस्यीय कमिटी निर्वाचित गरेको छ।

त्यस्तै उक्त भेलाको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रिय कार्यलय सदस्य तथा ३नं.प्रदेश इन्चार्ज हेमन्त प्रकास वली,अतिथिहरुमा पार्टी केन्द्रीय कार्यलय सदस्य तथा ३ नं.प्रदेश संयोजक चन्द्रहरि सुवेदी, केन्द्रीय कार्यलय सदस्य दिपक चलाउने,पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा विद्यार्थी केन्द्रीय फ्याक्सन इन्चार्ज हरिकृष्ण गजुरेल, अखिल (क्रान्तिकारी)का केन्द्रिय संयोजक मिलन राइ ,सहसंयोजक तथा ३ नं.प्रदेश इन्चार्ज शीलु न्यौपाने, केन्द्रीय सहसंयोजक पेशल दाहाल, सहसंयोजक विरेन्द्र शाहलगायतका नेताहरूकाे उपस्थिति रहेकाे सहसंयोजक न्याैपानेले जानकारी दिनुभयाे।अन्य विद्यार्थी नेताहरुकाे पनि बाक्लाे उपस्थिति रहेको थियो।

उक्त भेलाको अध्यक्षता ३ नं. प्रदेश संयोजक उषाकिरण आजादुले गरेकाे सहसंयोजक न्याैपानेले जानकारी दिनुभयाे।

उक्त कार्यक्रमकाे संचालन प्रदेस सहसंयाेजक हरिविष्टले गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य अर्का सहसंयाेजक अमित सापकाेटाले गरेका थिए।त्यस्तै भेलाले सह-संयाेजकहरुमा हरि विष्ट ,शाेभा सेन्चरी,विनाेद केसी, र विकल्प क्षेत्री लाइ चयान गरेकाे थियाे।

उक्त भेलाबाट निर्वाचित अखिल(क्रान्तिकारी) ३ नं.प्रदेश समितिका ५५ सदस्यीय कमिटीले जिल्ला संयाेजक चयन गर्ने जिम्मेवारी दिने भएकाे छ।

भेलाले जिल्लाका संयोजकहरु चयन गर्दै श्रावण मसान्त सम्म जिल्लादेखि इकाइ स्तरीय भेला तथा प्रशिक्षण सम्पन्न गर्ने निर्णय गर्दै भेला सम्पन्न गरिएकाे सहसंयोजक न्याैपानेले जानकारी दिनुभयाे।