बाजुरामा खोलाले बगाएर बेपत्ता भएका चालकको खोजी कार्य जारी

काठमाडौं। बाजुरामा खोलाले ट्याक्टर बगाउँदा चालक बेपत्ता भएका छन्। जिल्लाको बडिमालिका नगरपालिका ९ अनाई खोलामा बगेको ट्याक्टर र चालकको खोजी कार्य जारी रहेको छ।

नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले अहिले पनि खोजी कार्य जारी राखेको प्रकाश महताराले बताए।

आइतबार राती कोल्टीबाट मार्तडी आउदै गरेको से २ त ३२२५ नम्बरको ट्याक्टर करिव २० मिटर तल ढुगांमा अड्कीएको अवस्थामा फेला परेको र चालक डुवनारायण चौधरी बेपत्ता भएको महताराले बताए। अझै खाेजी कार्य जारी रहेकाे छ।