दर्शन :दार्शनिक फाँटमा दुई सिध्दान्त : आदर्शवाद र भौतिकवाद 

– हस्तबहादुर केसी 

दार्शनिक फाँटमा दुई सिध्दमन्त रहेका छन् : आदर्शवाद र भौतिकवाद । यस आलेखमा यिनै दुई विपरीत रहेका दार्शनिक सिध्दान्तकाबारेमा  यो दर्शनको विषय भएकोले सरल भाषामा सर्वसाधारणले बुझ्न सक्ने गरी  विश्लेषणात्मक आलेख लेख्ने प्रयत्न गरिएको छ।
 
किनभने मान्छेले दर्शन जस्तो गहन र वैज्ञानिक विषयको गहिरो अध्ययन नगरिकन , यसलाई नबुझिकन देश दुनियाँ ( विश्व ब्रह्माण्ड ) का बारेमा बुन्ने , जान्ने र बदल्ने चाहनेहरुका निम्ति दर्शनको गहिरो अध्ययन , अध्यापन गर्न जरुरी छ।
 
क्रान्तिकारी कम्युनिस्टहरूका निम्ति त दर्शनको गहिरो अध्ययन अत्यन्तै जरुरी छ यसलाई आत्मशातिकरण गरेर जीवन व्यवहारमा लागु गर्न उत्तिकै जरुरी मात्र होइन अनिवार्य विषय बन्न पुगेको छ।यहाँ प्रस्तुत गर्न खोजिएको विषय के हो भने दर्शनशास्त्रमा मूलतः दुई सिध्दान्त छन् : आदर्शवाद ( आध्यात्मवाद ) र भौतिकवाद। 
 
( १) आदर्शवाद ( आध्यात्मवाद ) :
 
(१) चिन्तन , विचार , आत्मा , परमात्मा ,संवेदना ,  ईश्वर , जन्म , पुनर्जन्म , भाग्य , दूर्भाग्य ,  स्वर्ग , नर्क   वा अरु कुनै अलौकिक ( काल्पनिक ) शक्तिलाई जगत वा सृष्टिको मुख्य कारण मान्दछन् ।
 
(२) वस्तु वा जगतलाई विचार , चेतना वा मान्छे ( हाम्रो ) मन भन्दा स्वतन्त्र  अस्तित्व भएको कुरा स्वीकार गर्दैनन् 
 
(३) विश्व ब्रह्माण्ड वा वस्तुलाई जान्न र बुझ्न सकिन्न भन्दछन् , ती आदर्शवादी हुन् । आदर्श अर्थात् विचारलाई पहिलो दर्जामा राखेकाले यस सिध्दान्तकोनामआदर्शवाद रहन गएको हो। यस विषयमा विभिन्न दार्शनिकहरुले आफ्नो तरिकाले तर्क प्रस्तुत गरेको पाइन्छ। भारतीय बेदान्त दर्शनले परब्रम्ह वा परमात्मालाई पहिलो बताउँछ। युनानी दार्शनिक प्लेटोले परम सौन्दर्यबाट संसार बनेको छ भनेका छन्। जर्मन दार्शनिक हेगेलले निरपेक्ष विचारबाट जगत बनेको बताएका छन्। अर्को दार्शनिक ह्युमले वस्तु वा संसारलाई जान्न , बुझ्न बुझिनेबारे शंका प्रकट गरेका छन् । 
 
(२) भौतिकवाद :
(१) सत्ता वा वस्तु , पदार्थ वा प्रकृतिलाई सम्पूर्ण ब्रह्माण्ड वा जगतको पहिलो कारण मान्दछन् र ईश्वर वा कुनै अलौंकिक शक्ति मान्दैन।
 
(२) विचार , चेतना वा मान्छे ( हाम्रो ) मन भन्दा  स्वतन्त्र र  बाहिर वस्तु वा जगतको अस्तित्व मान्दछन्।
 
(३) वस्तु वा जगतलाई जान्न ,बुझ्न सकिन्छ भन्छन् ,ती भौतिकवादी हुन्। पदार्थलाई पहिलो दर्जामा राखेकाले यस दर्शनको नाम भौतिकवाद रहन गएको हो। 
 
दार्शनिक फाँटमा प्रारम्भिक सांख्य दर्शनले प्रकृतिलाई प्रधान र पहिलो बताएको छ । चार्बाक दर्शनले ईश्वर मानेको छैन । पृथ्वी , जल , आगो , हावा जस्ता  भौतिक पदार्थलाई जगतको पहिलो कारण बताएको छ। 
     
युनानमा हेरेक्लाइटसले आगो र डेमोक्राइटस  आदिले परमाणुलाई पहिलो बताएका छन् । बेकन , चेर्निशेबस्की , फायरवाख आदि सबै भौतिकवादीहरुले पदार्थलाई पहिलो बताउँदै त्यसलाई मान्छेको मन भन्दा बाहिर बेग्लै अस्तित्व भएको र त्यसलाई जान्न , बुझ्न सकिने कुरा बताएका छन्। 
 
( क) (१)सत्ता , वस्तु , पदार्थ वा प्रकृतिलाई सम्पूर्ण ब्रह्माण्ड वा जगतको पहिलो कारण मान्दछन् र ईश्वर वा कुनै अलौकिक मान्दैन।
 
 (२). विचार , चेतना वा मान्छेको मन भन्दा बाहिर वस्तु वा जगतको अस्तित्व मान्दछन्।
 
(३) वस्तु वा जगतलाई जान्न , बुझ्न सकिन्छ भन्दछन् , ती भौतिकवादी हुन् । पदार्थलाई पहिलो दर्जामा राखेकाले यस दर्शनको नाम भौतिकवाद रहन गएको हो। 
 
( ख) (१) सत्ता र चिन्तन , आत्मा र पदार्थ वा  वस्तु र चेतना दुबैलाई पहिलो मान्दछन्।
 
(२) केही भौतिकवादी र केही आदर्शवादी कुरा गरेर बीचको बाटो अप्नाउँछन् , द्वैतवादी वा समन्वयवादी हुन्। आदर्शवाद र भौतिकवाद दुबैथरी कुरा मान्ने भएकाले त्यो दर्शनलाई द्वैतवादी वा समन्वयवादी भनिन्छ।
पछिल्लो समयको भारतीय सांख्य दर्शनले प्रकृति र वस्तु दुबैलाई र युनानमा अरस्तुले ईश्वर तथा पदार्थ दुबैलाए पहिलो बताएका छन्।
   
आधुनिक जर्मन दार्शनिक काण्टले एकातिर पदार्थलाई मन वा विचार भन्दा बाहिर स्वतन्त्र भएको बताउँदै भौतिकवादको समर्थन गरेका छन् भने अर्कोतिर त्यही पदार्थलाई जान्न ,बुझ्न सकिन्न भन्दै अज्ञेयवादी र।आदर्शवादी तर्क पनि गरेका छन्। कतिपय दार्शनिकहरु उक्त विवादमा तटस्थ र।अपक्षधर बन्दै आएका छन्।
     
दार्शनिक फाँटमा संशोधनवादीहरुले पनि यही बाटो अप्नाउँदै आएका छन् ।शास्त्रीय संशोधनवादका सिध्दान्तकार बर्नस्टाइन हुन् । उनी दर्शनको क्षेत्रमा काण्टको पछि लागेका थिए ।उनलेे सत्ता र चिन्तनलाई एकैखालका बताएका थिए । त्यसपछिका संशोधनवादीहरुले जगतको आदिकरण भौतिकवाद र मानसिक दुबै हुने कुरा बताएका छन् र वस्तुदाई  अज्ञेय वा जान्न , बुझ्न सकिन्न भनेका थिए ।
   
दर्शनशास्त्रको इतिहासमा आदर्शवादले शोषकवर्गको र भौतिकवादले शोषितवर्गको पक्ष लिदै आएका छन्। बीचका द्वैतवादी र समन्वयवादी दार्शनिकहरुले आफ्नो ऐतिहासिक सन्दर्भमा आदर्शवाद (आध्यात्मवाद ) तुलनामा केही प्,गतिशील खेले तापनि ती पनि मूलतः आदर्शवादकै श्रेणीमा पर्दछन्। यसै गरी जति घुमाउरो कुरा गरे पनि संशोधनवादीहरु पनि आदर्शवादभित्रै पर्दछन्। आदर्शवाद र भौतिकवादबाहेक बीचका सिध्दान्तको खास अर्थ छैन ।
       
हामीले यसको पनि अध्ययन गर्नु पर्दछ कि दर्शनशास्त्रको इतिहासमा पृथ्वी , जल , तेज , परमाणु वा कुनै भौतिक वस्तुलाई प्राथमिकता दिने स्वतस्फूर्त भौतिकवाद देखा परेको थियो । 
         
सामन्ती युगको अन्त्यमा पदार्थलाई प्राथमिकता दिदै यान्त्रिक भौतिकवाद जन्मियो । यसले पदार्थलाई त गतिशील मान्यो तर त्यसलाई यान्त्रिक रुपले लिएको थियोे र त्यसको संघर्षशील,एवं परिवर्तनशील चरित्रलाई ठम्याउन सकेन र त्यो भौतिकवादी अधिभूतवादको शिकार भएको थियोे।
     
पुँजीवादी युगमा सर्वहारा आन्दोलनको जन्म र विज्ञानको विकासको प्रगतिको कारण द्वन्द्वात्मक भौतिकवादको जन्म भयो र यही नै भौतिकवादको अन्य रुप भन्दा बेग्लै र क्रान्तिकारी दर्शन बन्न पुग्यो । 
     
द्वन्द्वात्मक भौतिकवादले सबै आदर्शवादी विचारहरुको विरोध गरी गतिशील पदार्थलाई प्राथमिक दर्जा राख्न पुगेको छ । यसको दृष्टिमन गतिको अभावमा पदार्थ र पदार्थको अभावमा गतिको कल्पना गर्न सकिदैन । गतिको अर्को नाम अन्तर्विर‍ध हो।
 
जब कुनै वस्तुलाई त्यसको गति वा अन्तर्विरोधबाट अल्ग्याइन्छ , त्यसवस्तुको मृत्यु हुन्छ । गति र।पदार्थ अनादि एवं अनन्त छन् । यी दुबै न जन्मन्छन् न मर्दछन् । अपितु, अनादि र अनन्त दिशा र कालको प्रवाहमा लगातार विकसित र परिवर्तित भइरहन्छन् ।
   
हामीले जुन चीजलाई ज्ञानीन्द्रीय मार्फत जान्न , बुझ्न सक्दछौं , जुन चिजको लम्बाई मोटाई ,  चौडाई वा भार ( वजन )  हुन्छ र जुन चीजको अस्तित्व मान्छेको चेतना बाहिर स्वतन्त्ररुपले विद्यमान छ त्यही नै पदार्थ हो ।
   
आकाशीय पिण्डका गुरुत्वकर्षणसम्बन्धि यान्त्रिक गति , ताप , प्रकाश वा विद्युत चुम्बकीय तरंगहरु , रासायनिक संयोग र वियोग विभिन्न प्रणाली र वनस्पतिमा विद्यमान सेलका जीवन सम्बन्धि पारमाणिक गति सामाजिक व्यवस्था एवं हरेक वस्तुमा पाइने अन्तर्विरोधहरु पदार्थका गतिका विभिन्न रुप हुन्।
 
पदार्थ जड होइन,गतिशील छ भन्ने कुरा परााणुको अध्ययनबाट स्पष्ट हुन्छ।  इलेक्ट्रोन , प्रोटोन र न्यूट्रोनबाट परमाणु बन्दछ। यी तत्वहरु गतिशील छन् र पदार्थ स्वयं गतिशील हुने भएकोले त्यसलाई गति प्रदान गर्ने कुनै अलौकिक तत्व वा ईश्वरको आवश्यकता हुँदैन र चेतना संसारको आदिकरण होइन ।     
 
 ज्ञान – दर्शनको क्षेत्रमा आदर्शवादीहरुले वस्तुजगतलाई इन्कार गरी परमचेतनाबाट प्राप्त विशुद्ध विवेक , वेद , धर्मशास्त्र आदिमा प्रयुक्त ईश्वरीय उपदेश वा दिव्य पुरुषका वाणीहरुलाई सच्चा ज्ञान मान्दछन्। उनीहरूले व्यवहारलाई तिलाञ्जली दिन पुग्दछन् र त्यसप्रकारको अलौकिक वा विशुद्ध विवेकमा आधारित ज्ञानलाई पूर्ण ज्ञान ठान्दछन् र ईश्वर प्राप्ति वा परम तत्वको साक्षात्कारलाई नै ज्ञानको सिमा बताउँदछन् ।
     
यसको विपरीत द्वन्द्वात्मक भौतिकवादले ज्ञानेन्द्रीय मार्फत् प्राप्त हुने वस्तुगत तथ्यमा आधारित ज्ञानलाई नै प्रमाणित ठहर्याउँछन्। उनीहरूले सत्य र असत्यलाई छुट्याउने कसीको रुपमा व्यवहारलाई लिन्छन्।व्यवहारमा ईश्वर , परमचेतना वा अन्य अलौकिक शक्तिको अस्तित्व नहुने भएकोले उनीहरूले तमाम अवस्तुवादी तथ्यहीन कुराको विरोध गर्दछन्।
 
उनीहरू प्रकृति र वस्तुगत संसार स्वयं असिमित र लगातार विकसित एवं परिवर्तित हुने भएकोले ज्ञानको क्षेत्रलाई पनि अपूर्ण र असिमित बताउँछन् । उनीहरूले प्राप्त ज्ञानलई सिमित वा सापेक्षता र निरपेक्षता दुबैमा जोड दिन्छन्।
 
छोटकरीमा भन्नुपर्दा सिध्दान्त र व्यवहारबीचको द्वन्द्वात्मक एकता नै मार्क्सवादी ज्ञानसिध्दान्तको सार हो । तदनुसार उत्पादनका लागि संघर्ष , वैज्ञानिक प्रयोग एवं वर्गसंघर्षका अनेकौं व्यवहारिक अनुभवका क्रममा सिध्दान्त बन्दछ र त्यसले फेरि व्यवहार कै सेवा गर्दछ । पदार्थबाट चेतना र चेतनाबाट फेरि पदार्थ भनेको यही हो । यस अर्थमा मार्क्सवाद सचेत ढंगले दुनियाँ बदल्नका लागि प्रयुक्त हुने ज्ञान हो । 
     
आचारदर्शनको क्षेत्रमा आदर्शवाद धर्म , कर्म , ईश्वर ,व्यक्तिपूजा ,यौन उच्छृङ्खलता ,दब्बुपना ,श्रमप्रति घृणा ,जालझेल ,शोषण ,निश्क्रियता ,निरासा ,पलायन ,व्यक्तिगत स्वार्थ आदि मूल्यमान्यताहरुमा आधारित हुन्छ। आदर्शवादीहरुले त्यसप्रकारका मूल्यमान्यताहरुलाई ईश्वरीय आदेश , स्थायी , परिवर्तनहीन र वर्ग एवं समाज निरपेक्ष मान्दछन्।
   
यसको ठिक उल्टो द्वन्द्वात्मक भौतिकवादीहरुले उक्त सामन्ती पुँजीवादी नैतिक मूल्यमान्यताहरुको विरोध गर्दै नैतिकतालाई परिवर्तनशील तथा वर्ग एवं समय सापेक्ष मान्दछन्।
 
उनीहरूले यसै धरतीलाई सम्पन्न बनाउने श्रम र श्रमिकहरुको कदर गर्ने ,वर्गीय इमानदारी,सामुहिकता र अनुशासनतर्फ ध्यान दिने र सर्वहारा वर्गका हित र उद्श्ये प्रति निष्ठावान रही त्यसको जगेर्ना गर्ने कुरामा जोड दिन्छन्।
 
उनीहरू जीवन प्रति आशावादी भई अन्याय र शोषणमा आधारित समाज व्यवस्थाको ध्वंस शोषणरविहिन  समाजको सिर्जनातर्फ।, सचेत , संगठित र क्रियाशील हुन्छन् ।
     
समाजदर्शनको क्षेत्रमा आदर्शवादीहरुले इतिहासको निर्माणमा जनताको भूमिकालाई लत्याई ईश्वरीय शक्ति,कुनै महाराजा वा वीर पुरुषहरुको भूमिकालाई प्रधानता दिन्छन्।
 
उनीहरूले शोषण,व्यक्तिगत लाभ र अन्यायमा आधारित प्रतिक्रियावादी व्यवस्थालाई स्थायी सम्झी तिनैलाई नै टिकाउने र जनतालाई सबै अधिकारबाट बञ्चित गरी वर्गसमन्वयको राग अलाप्ने गर्दछन्।
   
यसको विपरीत कार्ल मार्क्स ( २८१ – १८८३) र फ्रेडरिक एंषेल्स ( १८२० – १८९५ ) ले द्वन्द्वात्मक भौतिकवादलाई इतिहासमा प्रयोग गरी इतिहासको भौतिकवादी धारणा र अतिरिक्त मूल्यक‍ो सिध्दान्तको खोज गर्नुभयो।
 
यस धारणा अनुसार सामाजिक सत्ता सामाजिक चेतनाको आधार हो र समस्त सामाजिक क्रान्ति र परिवर्तनको मूल कारण त्यस युगको दर्शन होइन,अर्थ व्यवस्थामा पाइन्छ,इतिहास निर्माणमा कुनै अलौकिक शक्ति वा कथित वीर पुरुषहरुको होइन,श्रमशक्ति वा जनताको भूमिका प्रधान हुन्छ र वर्गसकन्ह कारण शोषकवर्गले शोषितवर्गलाई दवाउने।
 
साधनको रुपमा राज्यसत्ताको जन्म भएको हो। पुँजीवादी समाजमा विद्यमान सामाजिक उत्पादन र व्यक्तिगत वितरण पध्दति तथा पुँजीपति र सर्वहारा वर्गबीचको संघर्षबाट अनिवार्यरुपले नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद जन्मन्छ।
 
व्यक्तिगत सम्पत्ति र अतिरिक्त मूल्यको शोषण नै वर्गसमाजका आधारशिला हुन् र ती सबै कुराका विरुद्ध सर्वहारावर्गले क्रान्ति गर्दछ र वर्ग एवं राज्यसत्ताको जन्म,वर्गसंघर्ष,इतिहासमा बल प्रयोगको भूमिका,सर्वहारा अधिनायकत्व एवं त्यस अन्तर्गत क्रान्तिको निरन्तरताबारे मार्ल मार्क्स, फ्रेडरिक एंगेल्स,भी.आई. लेनिन,माओ त्सेतुङले जुन कुरा बताउनु भएको छ,ती समाजदर्शनका महान् उपलब्धि हुन्।
 
यी उपलब्धिहरुको रक्षा र विकास गर्ने र वैज्ञानिक ढंगले कार्यन्वयन गर्ने ऐतिहासिक कार्यभार आज  माक्र्सवादी – लेनिनवादी – माओवादी कम्युनिस्ट क्रान्तिकारी कम्युनिस्टहरूको काँधमा आएको छ। 
 
निचोड :
             
यस आलेखमा दार्शनिक फाँटमा दर्शनका दुई सिध्दान्त आदर्शवाद र भौतिकवादका समग्र पक्षमा विश्लेषण गर्ने प्रयत्न गरिएको छ। र ,  दर्शन अत्यन्तै गहन तथा जटिल विषय भएकोले दर्शनका बारेमा अर्थात् जीवन र जगतको बारेमा जान्न चाहने,बुझ्न चाहने र बदल्न चाहने र दर्शनको फाँटका क्षेत्रमा अध्ययन,अध्यापन गर्न चाहने  सर्वसाधारण समेतलाई सजिलो होस् भनेर सरल भाषा र शब्दावली तथा पदावली राख्ने अधिकतम प्रयत्न गरिएको छ।
 
( लेखक : क्रान्तिकारी कम्युनिस्ट पार्टी , नेपालका पोलिटव्युरो सदस्य हुन् ) ।