सुनचाँदीको मूल्य घट्यो, तोलामा कति पर्छ?

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज घटेको छ। हिजो सुनको मूल्य प्रतितोला एक लाख १३ हजार रुपैयाँमा कारोबार भएकोमा आज ६ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १२ हजार चार सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ८५० रुपैयाँ रहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ७५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर एक हजार ४६० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ।