सर्वोच्चका न्यायाधीश सुवेदीका पीएसओको पेस्तोल चोर्ने २ जना पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पीएसओ)प्रभाकार खड्काको पेस्तोल चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २४ वर्षीय वासुदेव थामी र सिन्धुलीका मेगबहादुर तामाङ रहेका छन्। उनीहरुले असार ३० असार गते चोरी गरेको पेस्तोल बौद्धको शिवमन्दिर नजिकै बरामद भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमुद ढुंगेलले बताए।

साथै उक्त पेस्तोलमा लाग्ने ७ राउण्ड गोली पनि बरामद भएको छ। सई खड्काको घरको झ्याल खुल्लै रहेको अवस्थामा अंकुशे लगाएर झोला तानेर झोलाभित्र खड्काले पेस्तोल, त्यसमा लाग्ने गोली लगायत चोरी गरेको प्रहरीले जनाएको छ।

पेस्तोल चोरी भएलगत्तै उनले भोलिपल्ट प्रहरी वृत्त, बौद्धमा जानकारी गराएका थिए। जिल्ला प्रहरी परिसर,काठमाडौंले थप अनुसन्धान गरिरहेको छ।