सभामुखसहित तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा

फाइल तस्वीर

काठमाडौं। सदनको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका शीर्ष नेताहरू आज पनि छलफलमा जुटेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुखसहित प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली तथा यी दलका प्रमुख सचेतकहरूबीच छलफल भइरहेको जनाइएको छ।

उनीहरूबीच हिजो पनि दुई चरणमा छलफल भएको थियो। तर, सदन खुलाउने विषयमा सहमति जुटेको थिएन।आजै दिउँसो ३ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक बोलाइएको छ। त्यसअघि सहमति जुटाउन नेताहरू सक्रिय भएका हुन्।

करिब १०० क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि संसदीय समिति नबनाएसम्म सदन चल्न नदिने एमालेको अडान छ। सोही कारण संसद् बैठक बस्न सकेको छैन।