रविको प्रश्न-संसद् चल्ने समयमै तीन दलबीच किन हुन्छ बार्गेनिङ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तोकिएको समयमा संसद् चलाउन रुलिङका लागि सभामुखसँग माग गरेका छन्। मङ्गलबारको प्रतिनिधिसभा बैठकमा उनले सदन चल्ने समय सभामुखमार्फत सचिवालयले तोकेपछि त्यही समयमा सदन सुरु हुनुपर्ने बताए।

तीन दलका तीन नेता बसेर आफूले निर्णय गरेर संसद्लाई बन्धक नबनाउन उनले आग्रह गरे। उनले संसद् चल्ने समयमा नै तीन दलबीच बार्गेनिङ किन सुरु हुन्छ भनेर प्रश्न पनि गरे।

उनले भने, ‘तीन जना नेता मिलेर छलफल गर्नुपर्ने भएपछि पहिले नै बैठक बसेर मिल्नुपर्ने मिलाउनेपर्ने कुरा किन गर्न सक्दैनन् रु रातारात किन गर्न सक्दैनन् । यो बार्गेनिङ सदन चल्ने समयमा नै किन गरिन्छ?

उनले तीन ठूला दलका शीर्ष नेताहरूले संसद् बन्धक बनाएको आरोप पनि लगाए । उनले भने, ‘तीन जना नेताहरू मिलेर सल्लाह गर्नुपर्ने भए संसद्को समय कहिले सुरु हुन्छ भनेर जारी भइरहेको पछि त्यो समयलाई मध्यनजर राखेर मिल्नुपर्ने कुराहरू मिल्ने?

मिलाउनुपर्ने कुरा मिलाउने किन गर्न सक्दैनन् । हाम्रो आरोप अनुसार यो बार्गेनिङ रातारात बसेर किन गर्न सक्दैनन् । सदन चल्ने बेलामा नै किन गरिन्छ ?

यसअघि सत्तारुढ दलका नेताले नै बजेट पास नभई सदन चल्न नदिने भने पनि पछि बार्गेनिङ गरेर सदन चल्न दिएको आरोप पनि उनले लगाए । उनले भने, यो बजेट पास हुन दिन्नौँ भनेर सत्तापक्षमा बसेर कराउने मान्छेले खुरुखुरु पास गरेका थिए। त्यो बार्गेनिङ नै थियो त होला नि। नत्र यहीँ बोलेको हो । यथास्थितिमा पास भयो। के कारणले पास भयो ?