कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं। सत्ता साझेदार दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दै छ। कांग्रेसको संसदीय दलको बैठक आज आइतबार मध्याह्न साढे १२ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बस्ने भएको हो।

शुक्रबारदेखि सुरु भएको बैठक आज पनि बस्न लागेको हो। शुक्रबारको बैठकमा १९ जनाले आफ्नो धारणा राखेका थिए । बैठकमा संसदको गतिरोध, कांग्रेसको भूमिका र जनजीविकाका विषयमा छलफल हुने बताइएको छ।

शुक्रबार बसेको बैठकले बाढी पहिरोको प्रकोप, डेंगु र आँखा पाक्ने रोग, लम्पी स्किन नियन्त्रण गर्न सरकारसँग माग गरेको थियो । साथै सुनील शर्मा पक्राउ बैठकमा सांसदहरुले गम्भीर ढंगले कुरा राखेका थिए।