एमालेले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा एमालेले आज पत्रकार सम्मेलन गर्दैछ। एमालेले सय किलो सुन तस्करी प्रकरण र संसद् अवरोधबारे आफ्नो धारणा सार्वजनिक गर्न केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो १२ः ४५ बजे पत्रकार सम्मेलन बोलाएको हो।

वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोध लगायत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जानकारी दिएको छ।