गृहमन्त्री राजीनामा गर्न बाहेक रोष्ट्रमबाट ठूला गफ गर्नु अनौठो: अध्यक्ष ओली

फाइल तस्वीर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री राजीनामा गर्नबाहेक अरु कामका लागि संसदको रोष्ट्रममा जानु अनौठो भएको बताएका छन्।

एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले गृहमन्त्री असफल भइसकेको बताए। तर रोष्ट्रममा गएर ठूला गफ दिएको उनले बताए।

गृहमन्त्रीले त रोष्टममा राजीनामा गर्न बाहेक जानु भनेको अनौठो कुरा हो,ओलीले भने,चुरोट भनेर ल्यायो सुन हुन्छ,सुन भनेको पक्राउ गर्‍यो, राखेको ठाउँबाट चोरी हुन्छ। गृहमन्त्री जवाफदेही होइन?