कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गरिदै

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्ने तयारी गरिएको छ।

बोर्डका सहसचिव एवं प्रवक्ता जङ्गबहादुर अर्यालका अनुसार परीक्षाफल प्रकाशनका लागि अन्तिम तयारी भइरहेको छ। प्राविधिक समस्या नआए आजै परीक्षाफल सार्वजनिक हुने उनले बताए।

नेपाल टेलिकमले आइभिआर, एसएमएस, युएसएसडी र वेबसाइटमार्फत परीक्षाफल प्राप्त गर्न सकिने जनाएको छ।