डा.गोविन्द केसीको अनसन स्थगित

काठमाडौं। मेडिकल शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले सोमबारदेखि सुरु गर्ने भनेको आमरण अनसन एक महिनाका लागि स्थगित गर्नुभएको छ।

सरकारले एक महिनाको समय मागेको भन्दै डा.केसीले सो अवधिभित्र मागहरु सम्बोधन नगरिए भदौ २९ गतेदेखि आमरण अनसनसहित कठोर कदम चाल्ने चेतावनी पनि दिनुभएको छ।

डा.केसीले सत्ता र प्रतिपक्षमा हुने तीनै दलका शीर्ष नेताहरु पुष्पकमल दाहाल, शेरबहादुर देउवा र केपी ओलीको निहित स्वार्थ तथा माफियाहरुसितको साँठगाँठका कारण सरकार अझै पनि जनतालाई राहत हुने गरी हुने स्वास्थ्य र मेडिकल शिक्षाको सुधारमा अवरोध ल्याउन लागिपरेको आरोप पनि लगाउनु भएको छ।

एक महिनाभित्रै सिटिइभीटीको अवैध निर्णय खारेजी तथा चिकित्सा शिक्षा आयोगका पदाधिकारीका समयमै नियुक्ति लगायतका विषय पुरा हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ।