अखिल (क्रान्तिकारी)को सिन्धुपाल्चोकमा एकता भेला तथा प्रशिक्षण क्रार्यक्रम सम्पन्न

काठमाडौं।अखिल(क्रान्तिकारी) सिन्धुपाल्चोक संगठन समितिको एकता भेला तथा प्रशिक्षण क्रार्यक्रम जिल्लाको इर्खुमा सम्पन्न भएको छ।
उक्त भेला अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला संगठन समितिका संयोजन अर्पणा श्रेष्ठको अध्यक्षतामा बसेको थियो।

उक्त भेला तथा प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि अखिल(क्रान्तिकारी) का केन्द्रीय सह(संयोजक तथा ३ नं. प्रदेश संगठन समितिकी इन्चार्ज शिलु न्यौपानेको प्रमुख आतिथ्यतामा भएको थियो।

उक्त भेला कार्यक्रम क्रान्तिकारी कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज संकल्पको विशेष आतिथ्यता रहेको थियो भने, अखिल(क्रान्तिकारी)का सचिवालय सदस्य तथा ३ नं.प्रदेश संगठन समितिका संयोजक उषाकिरन आदाज कामी,उपत्यका पश्चिम कमान्ड तथा ३ नं. प्रदेश सहसंयोजक शोभा सेन्चुरी,क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सिन्धुपाल्चोक जिल्ला कार्यलय सदस्य धन गोलेको आतिथ्यता रहेको थियो।

उक्त भेलाको कार्यलयको संचालन अखिल (क्रान्तिकारी) सिन्धुपाल्चोक जिल्लाका सहसंयोजक राजेन्द्र माझीले संचालन गरेका थिए। उक्त अर्पणा श्रेष्ठलाइ सिन्धुपाल्चोक जिल्ला संयोजन र राजेन्द्र माझीलाइ सहसंयोजक रहने गरी २१ सदस्य चयान गरेको छ।

उक्त भेला पश्चात राष्ट्रघति एमसीसी सम्झैता मुर्दावाद ,एमसीसी समरझैता खारेज गर,भन्दै गो व्याग एमसीसी,नो एमसीसी अमेरिकि सम्राज्यवाद मुर्दावाद भन्दै विरोध प्रर्दशन सहित गो व्याग एमसीसी लेखिएको प्ले काडहरु समेत जलाइएको थिए।