शेखर–गगन समूहका जीवन परियारले गरे सुनुवाइ समितिको सभापति अस्वीकार

फइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले संसदीय सुनुवाइ समितिको सभापति लिन अस्वीकार गरेका छन्।

कांग्रेसको शेखर कोइराला–गगन थापा समूहले पार्टीले पाएको चारमध्ये दुई समितिको सभापति माग गरेका थिए। तर सभापति शेरबहादुर देउवाले एउटा समितिमा मात्र दिन चाहे।

देउवाले प्रतिनिधिसभाको अर्थ समितिको सभापतिमा सन्तोष चालिसे, सुशासन समितिको सभापति रामहरि खतिवडा र कृषि समितिको सभापतिमा आरजु राणा गरी तीन वटा समितिमा आफ्नो पक्षका सांसदलाई जिम्मेवारी दिइसकेका छन्।

संघीय संसदको संयुक्त समिति संसदीय सुनुवाइ समितिको सभापतिमा सहमहामन्त्री परियारको नाम सार्वजनिक गरिएको थियो। उनले आफू सभापति नबन्ने बताएका छन्।म सुनुवाइ समितिको सभापति हुन्न’ उनले भने, ‘पार्टी नेतृत्वले अरुकै नाम पठाउनुहोला।