धनगढीमा समाजवादी मोर्चाको सन्देश सभा हुँदै,शीर्ष नेताहरूले सम्बोधन गर्ने

काठमाडौं। समाजवादी मोर्चा नेपालले आज धनगढीमा सन्देश सभाको आयोजना गर्ने भएको छ।

सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभालाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सभालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्ने भएका छन्।