आज सुनचाँदीको मूल्य घट्यो

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य आज घटेको छ। हिजो सुनको मूल्य प्रतितोला एक लाख १३ हजार रुपैयाँमा कारोबार भएकोमा आज तीन सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १२ हजार सात सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार १५० रुपैयाँ रहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४४५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ।