राष्ट्र बैंकमा ३० जनालाई जागिरको अवसर

काठमाडौं। नेपाल राष्ट्र बैंकले करार मार्फत पदपूर्ती गर्नेगरी ३० जना कर्मचारी माग गरेको छ।केन्द्रीय बैंकले सुरक्षातर्फ र टक्सार माहाशाखाका लागि लागि प्राविधिक तर्फका कर्मचारी माग गरेको हो।

राष्ट्र बैंकले मेकानिकल इन्जिनियर, मेकानिकल ओभरसियर, जुनियर आस्सेयर, मूर्तिकला तथा चित्रकला सुपरभाइजर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रिक ओभरसियर, प्रयोगशाला सहायक, पेन्टोग्राफ मेसिन अपरेटर, हेभी इक्विपमेन्ट अपरेटर, महिला सिपाही र पिपा पदमा करारमार्फत् पदपूर्ति गर्न लागेको हो।

४५ वर्ष उमेर ननाघेकाहरुले असोज १५ गतेसम्म आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ। आवेदकको लिखित, प्रयोगात्मक र अन्तरवार्ता परीक्षा हुनेछ।

आवेदकको संख्या १०० वा सोभन्दा कम भएमा प्रयोगात्मक र अन्तरवार्ता दुबै वा अन्तरवार्ता मात्रै हुने राष्ट्र बैंकले जनाएको छ।