साफ यू-१९ फुटबल च्याम्पियनसिप आजबाट सुरु हुँदै

काठमाडौं। साफ अण्डर नाइन्टीन फुटबल च्याम्पियनसिप बिहीबारबाट काठमाडौंमा सुरु हुँदैछ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपालको भिडन्त पाकिस्तानसँग हुँदैछ। यो खेल साँझ साँढे ५ बजे दशरथ रंगशालामा हुनेछ।

प्रतियोगिताको लागि नेपालले बुधबार मात्रै २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ।

मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले घोषणा गरेको नेपाली टोलीको कप्तानी गोलकिपर जियारत शेखले गर्नेछन्। उनले मनाङ मस्र्याग्दी क्लबबाट ए डिभिजन लिग खेलेका थिए।

साफ अण्डर नाइन्टीन फुटबल च्याम्पियनसिपमा यसपटक ६ टोली सहभागि छन्। समुह ए मा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् भने समुह बि मा भारत, बंगलादेश र भुटान रहेका छन्।