साफ यू-१९ च्याम्पियनसिप: नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने

फाइल तस्वीर

काठमाडौं । साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतसाग खेल्ने भएको छ।समूह बीको अन्तिम खेलमा भुटानलाई २-१ ले पराजित गर्दै भारत समुह विजेता बनेपछि नेपाल र भारतको भेट सेमिफाइनलमा हुन लागेको हो।

आज सोमबार भएको पहिलो खेलमा माल्दिभ्सलाई ४-१ ले हराउँदै नेपाल समूह उपविजेता भएर सेमिफाइनलमा पुगेको थियो। बुधबार हुने अर्को सेमिफाइनलमा पाकिस्तान र भुटानले खेल्ने छन्।

सोमबार भएको दोस्रो खेलमा पहिलो अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा भुटान पराजित भयो।

खेलको २० मिनेटमा जिग्मे नाङ्मेलले कप्तान पेमा ग्याङ्पोको फ्रि किकमा आएको बलमा गोल गर्दै भुटानलाई अग्रता दिलाए थिए।

तर ३६ मिनेटमा गोयमसर गोयारीले गोल गर्दै भारतलाई बराबरीमा ल्याए। पहिलो हाफ १-१ गोल भएको खेलको ६४ मिनेटमा भारत यश चिक्रोको कर्नरमा पेनाल्टी बक्स बाहिरबाट रिकि मेताई होबामको गोल गरे। त्यसपछि दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि गोल भने गर्न सकेनन्।