अनमोल केसी नर्भिक अस्पतालमा भर्ना

काठमाडौं । आर्थिक लेनदेन विवादमा फिल्म ‘रावायण’का निर्माताको उजुरीपछि पक्राउ परेका अभिनेता अनमोल केसी गएराति नर्भिक अस्पतालमा भर्ना भएका छन्।

छातीमा पीडा भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।

भक्तपुरको साँगामा बेलुका पक्राउ गरेर प्रहरीले उनलाई अपराध महाशाखा बानेश्वरमा ल्याएको थियो।

अपराध महाशाखा पुगेका निर्माता सरोज न्यौपानेले आफूसँगको भेटमा अनमोलले ‘दाई बरु म जेलमै बस्छु तर, नराम्रो मूभी त गर्दिन’भनेर बताएको सामाजिक संजालबाट जनाएका छन्।