नेपालमा पहिलोपटक ‘देउडा आइडल’ आयोजना हुने

काठमाडौं। नेपालमा पहिलोपटक ‘देउडा आइडल’ आयोजना हुने भएको छ। देउडा सांस्कृतिक मञ्चले शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी काठमाडौँमा देउडा आइड आयोजना गर्नेबारे जानकारी गराएको हो।

सुदूरपश्चिम र कर्णाली प्रदेशको भाषा र संस्कृतिको प्रवद्र्धन र संरक्षण गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गर्न लागिएको मिडिया पार्टनरको रुपमा रहेको टिभी टुडे टेलिभिजनका कार्यकारी अध्यक्ष जनकराज पन्तले बताए।

देउडा गीत, संगीतलाई स्थानीय स्तरबाट राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म विशिष्ट पहिचान स्थापित हुने खालका कला र गला भएकाहरुलाई सो कार्यक्रममा सहभागी गराइनेछ।

कार्यक्रममा लागि सुप्रसिद्ध देउडा गीतका सर्जक नन्दकृष्ण जोशी, तिलक सिंह पेला र टिका पुनलाई निर्णायक मण्डलको रुपमा चयन गरिएको छ। कार्यक्रमको मिति केही समयमा सार्वजनिक गरिने देउडा सांस्कृतिक मञ्चले जनाएको छ।