३ लाख नगदसहित १२ तोला सुनचाँदीका गरगहना चोरी

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका ४ तारानगरस्थित एक घरबाट नगदसहित सुन चाँदीका गरगहना चोरी भएको छ।

तारानगरका करन बानियाको घरबाट ८ तोला सुनका गरगहना, ४ तोला चाँदीको सामान र ३ लाख नगद चोरी भएको हो। पुजाका लागि पहाड घर डोटी गएका बेला बानियको घरमा चोरी भएको प्रहरीले जनाएको छ।

सपरिवार बुधबार पुजाका लागि डोटी गएका बेला घरमा आइतबार घरमा पुग्दा चोरी भएको थाहा भएको बानियाले बताए। चोरले घरमा रहेको पुजा कोठाबाट नगद, दराज फोडेर नगद र गरहना चोरी लगेको घरधनी बानियाले जानकारी दिए।

आइतबार साँझ घर पुग्दा चोरी भएको प्रहरीलाई खबर गरिएको थियो। आज निवेदन दर्तापछि अनुसन्धान अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।