धनकुटामा एमाले अध्यक्ष ओलीमाथि मुक्का प्रहार

विराटनगर । मध्यपहाडी संकल्प यात्राको क्रममा धनकुटा र भोजपुरको बिचमा पर्ने लेगुवा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि एक व्यक्तिले आक्रमणको प्रयास गरेका छन्।

फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका एक व्यक्तिले ओलीलाई झापड हानेका हुन्। ओलीलाई झापड हानेको भिडियो अहिले सामाजिक सञ्जालमा पनि सार्वजनिक भएको छ।

महालक्ष्मी–५ धनकुटाका महेश राईले एमाले अध्यक्ष ओलीलाई झापड हानेका हुन्। उनको आक्रमण लगत्तै एमाले कार्यकर्ताले ती व्यक्तिलाई कुटपिट गरेका थिए। प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

ओलीमाथि भएको आक्रमणको विषयमा प्रहरीले भने औपचारिक रुपमा कुनै जानकारी दिएको छैन।