पोखरामा रवि लामिछानेमाथि खोया प्रहार

फाइल तस्वीर

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पोखरामा खोया प्रहार भएको छ। शनिबार अमरसिंहचौरस्थित खेल मैदानमा आयोजित सभालाई सम्बोधन गरिरहेका बेला लामिछानेमाथि एक युवकले खोया प्रहार गरेका हुन्।

लामिछानेमाथि खोया प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार सभामा सहभागी ती व्यक्ति आफूले खाइरहेको मकैको खोयाले भाषणा गरिरहेका लामिछानेलाई प्रहार गरेका थिए।

कास्की प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाका अनुसार खोया प्रहार गर्ने लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई नियन्त्रणमा लिइएको छ।

उनले आफूले खाएरको मकैको खोया फाल्ने क्रममा स्टेजतिर गएको भनेपनि कार्यकर्ताले ढुंगा हानेको भनेर आक्रमण गरेको बताए। त्यस्तै प्रत्यक्षदर्शीले भने ती व्यक्तिले ताकेरै लामिछानेमाथि प्रहार गरेको बताएका छन्।