राष्ट्रिय सभा उम्मेदवारको नाम सभापतिजीको खल्तीमा पहिल्यैदेखि छः गगन थापा

फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बन्नेको नाम पार्टीका सभापतिको खल्तीमा रहेको बताएका छन्।

शनिबार भक्तपुरको एक कार्यक्रममा महामन्त्री थापाले प्रदेशले सिफारिस गरेपनि पार्टीका सभापतिको कोटको खल्तीमा उम्मेदवार बन्नेको नाम पहिल्यै रहने बताएका हुन्।

‘राष्ट्रिय सभाको ९ जना उम्मेदवार बनाउनु छ। प्रदेशलाई तीन जना छान भनेर पठाएको, प्रत्येकले ३ सय जनाको नाम पठाएको छ। कुल २१ सय मानिसको नाम छ,’ उनले भने, ‘काँटछाँट गर्दा हजार पुग्छन्। सभापतिजीले कोटको खल्तीमा पहिल्यै नाम राखिरहनुभएको छ।खल्तीबाट ढ्याप्प नाम निकाल्नुहुन्छ।

महामन्त्री थापाले यसअघिका सभापतिको पालामा पनि त्यस्तै हुने बताए।

म भएपनि त्यही हो। अन्तिममा सभापतीले कोटको खल्तीबाट निकाल्ने हो। सभापतिले निकाल्न बाँकी भएको सभापतिसँग लड्नुभएको छायाँ सभापतिले निकाल्नुहुन्छ। टाउको गन्ने हो। सभापतिज्युले भनेपछि धन्यवाद भने भइहाल्छ,’ उनले भने।

यस्तै परिपाटीले गर्दा पार्टीका ८ लाख ७० हजार सदस्यलाई न्याय दिन नसकिएको महामन्त्री थापाले बताए।

यसलाई कसरी समाधान गर्ने भन्नेबारे पार्टीको आगामी महासमिति बैठकमा प्रस्ताव गर्ने महामन्त्री शर्माले बताए।

‘मौका त सबैलाई दिनुपर्छ। महासमिति बैठकमा म प्रस्ताव गर्छु, त्यसमा छलफल गरौँ,’ उनले भने। न्युज एजेन्सी नेपालबाट