कोठावालहरु सम्पर्कविहिन भएपछि घरधनीहरु चिन्तित,खाली गराउन लाग्यो स्थानीय पालिकामा भीड

स्थानीय तहमा पछिल्लो समय सर्वसाधारणको निकै भीड छ। वडा,गाउँपालिका र नगरपालिकामा सर्वसाधारणको चाप देखिन्छ। तर, त्यो भीड कर तिर्नलाई होइन्, आफ्नो घर खाली गरिदिनुपर्यो भन्नेहरुको हो। बहालमा बस्नेले भाडा नतिरेपछि घरधनीहरुले पालिका गुहार्न थालेका छन्।

अधिकांशको एउटै गुनासो छः भाडावालले भाडा तिरेनन्। सटर लिएर व्यवसाय गर्नेहरुले समेत महिनौंदेखिको बहाल नदिएको घरधनीहरुको भनाइ छ। यता, लघुवित्त र सहकारीलाई घर भाडामा दिएका घरधनीहरु झन् तनावमा छन्। सहकारी भागिसकेको छ,भाडा कहाँबाट पाउनु?

कोठामा ताला लगाएर भाडावालहरु सम्पर्कविहिन भएको घरधनीहरु बताउँछन्। घरधनीहरुका अनुसार उनीहरु सम्पर्कमा पनि नभएको र भाडा पनि नतिरेको हुन्।

तीन महिनादेखि दुई वर्षसम्मको बहाल उठाउन बाँकी भएको घरधनीहरु सुनाउँछन्। भाडामा बस्नेले भाडा तिरुञ्जेल सरकारलाई ढाँट्ने घरधनीहरु अहिले पिरलो सुनाउन सरकारकहाँ पुगेका छन्।

‘घरभाडामा लगाएका छैनौं, आफैं बसेका छौं’ भनेर उनीहरुले कर छली गर्दै आएका थिए। एउटा कोठाको ठाउँ हेरेर पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म लिने गरेका थिए। फल्याटको २० हजारदेखि लाखसम्म र सटरको पनि लाखसम्म भाडा उठाउथें, घरधनी । सटर २० लाखदेखि ५० लाखसम्म खरिदबिक्री हुन्थ्यो।

भाडावालले सामान नल्याउँदै तीन महिनाको अग्रिम भुक्तानी मागिन्थ्यों। बत्ती, पानी, फोहोर, नेट, पार्किङ्गको मनलाग्दी शुल्क उठाउने गरिएको थियो। नयाँलाई मँहगोमा राख्नका लागि पूरानालाई निकालिन्थ्यो। छतमा जान रोक लगाइन्थ्यो। घरधनीहरुले यसरी भाडावाललाई चुस्दै आएका थिए।

कोठा सबै भाडामा लगाउने अनि कर छल्नका लागि परिवारकै सदस्य बसेका छौं भनेर ढाँट्ने। एकल महिला, बुढाबुढी, तल्लो जातजाति र विद्यार्थीलाई कोठा नदिने। घरधनीले तोकेजति भाडा तिर्छु भन्दा पनि उनीहरुलाई कोठा दिइँदैनथ्यो र अहिलेपनि अवस्था त्यही नै छ।

बजारमा आर्थिक मन्दी भएपछि सटरवालाहरुले सटरको बहाल तिर्न सकेनन्। मन्दीका कारण अधिकांशको रोजगारी गुमेका छन्। जागिर भएकाहरुले पनि तलब नपाइरहेको अवस्था छ। सहकारी, लघुवित्त डुबेर भागिसकेको छ। सहकारी र लघुवित्तलाई घर भाडामा दिएका घरधनीहरु निकै तनावमा छन्।

सहकारी पीडितहरु हुलका हुल आउँछन्। प्रहरी पनि आइरहन्छ। कतै घर तोडफोड र आगजनी हुने पो होकि भन्ने डर तिनलाई छ । सहकारी त बन्द भयो, तर पीडितहरु दिनहुँ हेर्न आउने क्रम रोकिएको छ। कर्मचारी र सञ्चालक भागिसके, तैपनि पीडितहरु पैसा आइहाल्छ कि भन्ने आशले सहकारीको कार्यालय धाइरहन्छन्।

घरधनीहरु घर खाली राख्ने तर बैंक तथा वित्तिय संस्थालाई बहालमा नदिने मनस्थितिमा पुगेका छन्। हरेक सर्वसाधारणको मनमा ‘बैंक, सहकारी र लघुवित्त ठग हुन्’ भन्ने छाप परेको छ। सहकारी र लघुवित्तप्रति आम सर्वसाधारणको घृणा बढेको छ । पाँच वर्षअघि घरधनीहरु आफ्नो घरमा बैंक तथा वित्तिय संस्थाको कार्यालय बसेको छ भनेर शान देखाउँथे।

अहिले त्यही वित्तिय संस्थाले घरधनीहरुलाई ‘रुनु न हाँस्नु’ को अवस्थामा पुर्याइदिएको छ। एकातिर सहकारी चल्ने कुनै आश छैन्, अर्कोतिर सामान खाली गर्न वडाले चासो देखाउँदैन् । घरधनी यतिबेला साह्रै चिन्तित छन्। घरधनीहरु सहकारी र लघुवित्तको सामान ‘टोक्नु कि बोक्नु’ भन्नेमा छन्।

एकातिर महिनैपिच्छे आउने भाडा पाएको छैन्, अर्कोतिर घरमा ताला लगाएको छ। घरहरुको रातको दिन र दिनको भोक हराएको छ। कतिपय घरधनीले बहाल उठेकै रकमबाट आफ्नो घर चलाउँदै आएका थिए। त्यस्ता घरधनीको बिचल्ली भएको छ। कोठामा भाडावाल भएपनि घरधनीहरुको हातमा महिनौंदेखि बहाल परेको छैन्।

आम्दानी छैन्, कहाँबाट ल्याएर भाडा तिर्नु ? पछिल्लो समय टु–लेटको प्याम्प्लेट जतासुकै देखिन्छ। पहिलेपहिले कोठा पाउन महाभारत थियो। एउटा कोठा पाउन तीन महिना लाग्थ्यो। एउटा निक्लिन पाएको छैन्, अर्को सामान लिएर बस्न आइपुगिहाल्थें। सटर त झन् खाली नै हुँदैन्थ्यो।
अहिलेको अवस्था ठ्याक्कै उल्टो छ।

कोठा, फल्याट र सटर खाली भन्दै पोस्टर टाँस्नुपर्ने अवस्था आएको छ। त्यति गर्दा पनि बहालमा बस्ने नभेटिएको घरधनीहरु बताउँछन्। बाहिरी जिल्लाबाट आएका सर्वसाधारणको कारण काठमाडौं चलेको थियो। विभिन्न जिल्लाबासीले काठमाडौं आएर डेरा लिएर थिए।

सानातिना व्यापार–व्यवसाय, मजदुरी गरेर जीविकोपार्जन गरेका थिए । घरधनीलाई भाडा तिर्थें । तर, बजारमा आर्थिक मन्दीपश्चात् अधिकांशको रोजगारी खोसिएको छ । यहाँ काम नपाएपछि आफ्नो घर फर्किनेको संख्या बढेको छ । एकातिर काम छैन्, अर्कोतिर ढाड सेक्ने मँहगी।

गुजारा गर्न महाभारत छ। केही समय अघिसम्म ज्यामी काम गर्नेले पनि राम्रै आम्दानी गर्थें । अहिले त त्यही काम पनि पाउन छोडेको छ। सहकारी बन्द भएपछि हजारौं बेरोजगार बनेका छन्। पसल तथा निजी कम्पनीहरुले पनि तलब दिएको छैन्। काम छैन् भनेर भोको पेट मान्दैन्।

घरधनीले भाडा छुट दिँदैनन्। त्यसैले पनि उपत्यका छाड्नेको संख्या बढेको छ। प्रायःजसो आफ्नो गाउँठाउँ फर्किएका छन्। उनीहरु हिँडेपछि उपत्यकाका कोठा खाली हुनु र व्यापार–व्यवसाय सुक्नु स्वाभाविकै हो। गाउँका सदरमुकाममा आएर डेरा लिएर बस्थें। रोजगारी, शिक्षा र उपचारका लागि उपत्यकामा कोठा भाडामा लिन्थ्यो।

२०४७–४८ सालमा ३० देखि ५० रुपैयाँमा कोठा पाइन्थ्यो। बढीमा डेढ सय थियो सटर भाडा। तीन दशकको अवधिमा काठमाडौंमा घर बनाउनेको संख्या ह्वात्तै बढ्यो। घर भाडामा लाउने कार्य व्यवसाय बन्यो। राज्यलाई कर छल्ने अनि यता आफूखुसी भाडा लिने। जो हेर्यो घर बनाउनतर्फ मात्र ध्याउन्न छ।

सरकारी जागिर खानेले घर बनाउने, भाडामा लाउने। विदेश जाने, व्यापार–व्यवसाय गर्नेले पनि त्यही गर्ने। घर भाडामा लाउने अनि बसिबसि खाने क्रम बढ्यो। घर बनाउनेको संख्या बढेपछि जग्गाको भाउ रातारात बढ्यो। भू–माफियाहरुले उब्जनी हुने जग्गा धमाधम प्लानिङ्ग गर्दै करोडौंमा बेच्न थाले।

गुठी, सार्वजनिक, सरकारी जग्गा पनि बिक्री हुन थाल्यो। कृषिमूलक देश अहिले खाद्यान्न आयात गर्ने देश बनेको छ। पहिले सबै कृषि पेशामा आबद्ध थिए। आफ्नो खेतबारीमा उब्जेको अन्न खाएर बेच्न पनि पुग्थ्यो। खेत हुञ्जेलसम्म सबै रोजगार नै थिए। विस्तारै खेतीयोग्य जमिन मासिँदै गयो, मुलुकमा बेरोजगारीको संख्या बढ्यो।

जग्गा मासिएपछि किसानहरु बेरोजगार भएका छन्। जनताको पेट भर्न विभिन्न मुलुकबाट खाद्यान्न आयात गर्नुपर्ने बाध्यता छ। व्यापार घाटा निरन्तर बढिरहेको छ। उद्योग, कलकारखानामा लगानी गर्नुको साटो बैंक तथा वित्तिय संस्थाले घरजग्गामा लगानी गरे। जसका कारण वित्तिय संस्थाहरु तैरिनै नसक्नेगरी डुबेका छन्।

अहिले जति पनि घर छ, त्यसमध्ये अधिकांश बैंकको नाममा छ। घर भाडामा लागुञ्जेल त घरधनीले कर्जाको किस्ता तिर्छन्। आफ्नो गुजारा गर्छन्। लागेन् भने के गर्ने ? सबैले आँखा चिम्लेर घरजग्गामा लगानी गर्दा राज्यलाई ठूलो क्षति भएको छ। अहिले घरधनीहरुलाई ‘ईंट्टा टोक्नु कि सिमेन्ट’ भएको छ।

काठमाडौं उपत्यकाका घर सरकारको मापदण्डभित्र पर्दैनन्। एक आनादेखि तीन आना जग्गामा घर बनेको छ। काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार ९५ प्रतिशत घर मापदण्डभित्र पर्दैन्। यी घरलाई सरकारबाट दिइएको सेवासुविधा जतिबेला पनि कटौती हुनसक्छ।

शहरी विकास मन्त्रालयले नयाँ मापदण्ड ल्याएको छ। त्यो मापदण्डअनुसार पूराना घरहरु भत्किए भने नयाँ घर बनाउन जग्गा पुग्दैन्। भाडा खानका लागि घरधनीहरुले बाटो मिचेर र थोरै जग्गामा घर बनाए। भाडा आउन छोडेपछि घरधनीहरु घर बेच्न खोजिरहेका छन्, तर कसले खोज्छन् ? घरधनीहरु पसल र चोकचोकमा भाडा बस्नेहरु खोज्दै हिँड्न थालेका छन् ।