११ बर्षको उमेरमा वेपत्ता भएका नविन १८ बर्षपपछि घर फर्किए

सर्पलाल गिरी- रेडियो शिम्भुनाथ १०४.९ मेगाहर्ज कोल्टी

बाजुरा। जिल्लाको बुढीनन्दा नगरपालिका–३ नुरीका २९ बर्षिय नविन बोहरा १८ बर्षपछि घरमा फर्किएका छन्। ११ बर्षको उमेरमा साथीहरुको लहलहैमा लागेर घरबाट भागेर वेखबर भएका नविन १८ बर्षपछि भारतको मुम्बईमा आफन्तले फेला पारी घरमा पुगाएछि गाउँघरमा अहिले खुशियाली छाएको छ।

घरबाट भागेर भारतको मुम्बईको अँधेरीमा १८ बर्ष विताएका नवीन फेसबुक र फोन मार्फत खोजी जारी राख्दा सकुशल भारतमा रहेको एकीन भएको कुरा नविनका कान्छा बुबा रामबहादुर बोहराले बताएका छन।

नविनको खोजीका लागि बुबा कृष्णलाल बोहरा,कान्छा बुबा राम बहादुर बोहरा र आफन्तजन सक्रिय भएर भारतको अँधेरीमा भेटाएर घरमा पुर्याएका छन।

प्रशिद्ध ठिमकोट कैलाशका धामी कुष्णलाल बोहराका छोरा नविन बोहरा १८ बर्षपछि घरमा पुग्दा आफन्त र इष्टमित्र शुभचिन्तकहरुले सिन्दुर अविरजात्रा गरी खुशियाली मनाएका छन्।

घरमा खुशीयाली छाएपछि खसी काटेर भोजभतेर समेत गरिएको परिवारका आफन्तले बताएका छन। घरमा नविन वेपत्ताा भएको पिडा र चिन्ता अव हर्ष खुशीमा परिणत भएको छ।

१८ बर्ष सम्म ११ बर्षको छोरा वेपत्ता हुदा देउताका धामी भएपनि आफु भित्र पिडा बोकेको ठिमकोट कैलाशका धामी कृष्णलाल बोहराले बताउनुभयो।

अरुका गाईबस्तु,सामान मानिस हराएमा आस्थाका हिसावले आफु कहाँ देवता हेराउन आएपनि आफ्नै छोरो हराउँदा अविश्वास र पीडा आफैभित्र भएर लुकायर बसेको धामी कृष्णलाल बोहराले बताउनुभयो।

अहिले छोरा १८ बर्षपछि घरमा सकुशल आउदा आफुलाई खुशिको सिमा नैं नभएको बताउँदै देवताको धामी,सबैले आस्था गरेको र आफुले निष्ठकाष्ठ बसेर आस्था मानेको पूरा भएको धामी बोहराले बताउनु भएकोछ।

नविन आफैले घर जाने भनेर पटक-पटक तयारी गरेपनि समय नै मिलेन यसै आउने नव बर्षमा घर जाने तयारी थियो। घरबाट खोजीका लागि बुबा र कान्छा बुबा लगायत आफन्त सक्रिय भएपछि फेसबुक र फोनका आधारमा सम्पर्कमा आएर आफु घर आएको नविनले बताए।

आफु घरमा आउँदा घरपरिवार,आफन्तजन र गाउँलेले दिएको अपार माया र स्वागतले आफु धेरै खुशी भएको बताएका छन।
१२ बर्षपछि खोलो फर्किन्छ भने झै १८ बर्षपछि नवीन घर आउँदा घरपरिवार,आफन्त र गाउँ घरमा हर्षोल्लास र खुशीयाली छाएकोछ।