सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन आजबाट सुरु हुँदै

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक आज बस्दै छ। बैठक दिउँसो २ बजे प्रदेश सभा भवन धनगढी कैलालीमा बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ।

सुदूरपश्चिम मन्त्रिपरिषदको सिफारिस अनुसार प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेका हुन्।

प्रदेश सभा सचिवालयलाई सरकारले बिजनेस दिन नसकेकाले आजको बैठक औपचारिकतामा सीमित हुने छ। अधिवेशनको पहिलो दिन भएकाले दलका नेताहरुले प्रदेश सभा बैठकलाई सम्बोधन गर्नेछन्।