पूर्णबहादुर हमालको निधनमा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रद्वारा शोक वक्तव्य जारी

काठमाडौं। अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका उपाध्यक्ष जीवन हमालका बुवा पूर्ण प्रशाद हमालको निमोनियाका कारण उपचारका क्रममा निधन भएकाे छ। पत्रकार केन्द्रका उपाध्यक्ष जीबन हमालका बुबाको निधनप्रति दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली वक्तब्य जारि गरिएको छ।

पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीद्वारा जारी वक्तब्यमा भनिएको छ विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका उपाध्यक्ष कमरेड जीवन हमालका बुवा पूर्ण प्रशाद हमालको निमोनियाका कारण उपचारका क्रममा यही २०८० साल माघ २ गते ६४ वर्षको उमेरमा अल्पआयुमै निधन भएको छ। उहाँ लामो समयदेखि बाथरोगले ग्रस्त हुनुहुन्थ्यो। उहाँको मृत्युले हामी अत्यन्तै स्तबध तथा भावविह्वल भएका छौ।

हाम्रो संगठन यस दुखद् घडीमा बुवा पूर्ण प्रशाद हमालप्रति भावपूर्ण श्रध्दान्जली अर्पण गर्दछ र शोकसन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना समेत व्यक्त गर्दछ।