पार्किङ निषेध गरेपछि न्यूरोडका व्यापारी आन्दोलित

फाइल तस्वीर

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा सवारीसाधन पार्किङ निषेध गराएपछि यहाँका व्यवसायीहरू विरोधमा उत्रिएका छन्।

पार्किङ निषेध गरेपछि व्यापार गर्ने वातावरण नभएको र ग्राहक पनि नआउने भएको भन्दै व्यापारीहरु सटर बन्द गरेर सडकमा आएर प्रदर्शनमा उत्रिएका हुन।

अहिले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध लगायतका क्षेत्रका व्यापारीहरु पसल बन्द गरेर सडकमा उत्रेका छन् ।