८० किलो गाँजासहित दुई जना पक्राउ

सांकेतिक तस्वीर

सुनसरी । देवानगंज गाउँपालिका ६ नहरचोकबाट अवैध लागूऔषध गाँजा करिब ८० किलोसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका ११ बस्ने २९ वर्षीय कुमार तामाङ र ३० वर्षीय राम बहादुर राई रहेका छन्।

अस्थायी प्रहरी चौकी रासीबाट खटिएको प्रहरीले रासिबाट भारततर्फ जाँदै गरेको को १ ह ५०९९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोको विभिन्न भागमा लुकाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक कुमार र अटोमा सवार राम बहादुरलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।