ललितपुरमा नापी कार्यालयका नापी सर्वेक्षकसहित ३ जना पक्राउ

काठमाडौं । नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जना घुससहित पक्राउ परेका छन्।

नापी सर्भेक्षक रामविर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले जनाएको छ।

उनीहरू तीनजना मंगलबार नापी कार्यालय परिसरबाट पक्राउ परेका हुन्। घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।

तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ।